कञ्चनरूप । निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव ६ लाख पार गरेको छ। अहिले ९:५० बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ६ लाख २ हजार क्यूसेक प्रतिसेकेन्ड रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।
पुल माथीवाट १ फिट पानी बग्न थालेको छ । अत्याधिक चरम खतराको तह पार गरेपछि सवारी अहिले कोशी ब्यारेजमा 'हाइ रेड अलर्ट' जारी गरि साइरन बजाइएको छ।
पानीको सतह निरन्तर बढ्ने क्रममा रहेकोले दिउँसो ४ बजेबाट कोशी पुल माथिबाट सवारी आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। अहिले पैदल यात्रीलाई समेत आउजाउमा रोक लगाइएको छ।