मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

सिंगो सञ्चार क्षेत्रलाई आतङ्कित पार्न खोजियो : समाजवादी प्रेस संगठन

Ambika Dahal 19+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं  नेकपा एकीकृत समाजवादी समर्थित समाजवादी प्रेस संगठन नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै पक्राउ गरिएको घटनाप्रति घोर निन्दा प्रकट गरेको छ ।

गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र खबरदारी गरिरहेको कान्तिपुरमाथि प्रतिशोध साँधेको संगठनको ठहर छ ।
सङ्गठनका अध्यक्ष विश्व मणि सुवेदीले अपराह्न विज्ञप्ति जारी गर्दै सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भय पूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गरेका छन् । 
विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ, थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाटै आज मंगलबार अपराह्न बर्दीधारी प्रहरीद्वारा पक्राउ गरिएको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल घोर निन्दा प्रकट गर्दछ । गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानूनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई धरपकड गरिएको पाइएको छ । स्वतन्त्र सञ्चारगृह भित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतङ्कित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ । यसले सञ्चारक्षेत्र माथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ । समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान सञ्चार कानून तथा राज्यद्वारा खडा गरिएको निकायमार्फत प्रस्तुत गर्न सकिने अवस्था हुँदाहुँदै गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकोमा कुनै शंका छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भय पूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार