मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

विराटनगर आगलागी : २ जनाको मृत्यु, ४ जना घाइते, उपचारका लागि काठमाडौं लगियो

Kanchan24 1+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

विराटनगर । बुधबार दिउँसो विराटनगर ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । आगलागीमा परि ४ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गंभीर रहेको छ । मृत्यु भएका २ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

आगलागीमा परि गंभीर घाइते भएका विराटनगर ६ बस्नेत अन्दाजी ४० वर्षका दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै आगलागी भएको ठाउँमा पहिचान खुल्न नसकेको अवस्थामा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   

आगलागीमा परि विराटनगर ६ बस्ने आन्दाजी ६५ वर्षीया सुशीला पासवान र विराटनगर ६ कै अन्दाजी ६० वर्षीया रिता सरदार गंभीर घाइते भएका छन् । दुवै जनाको जिउ र हातखुट्टा जलेको पाइएको प्रहरीले जानकारी दिएको छ । यस्तै विराटनगर ६ बस्ने अन्दाजी ५८ वर्षीय किशोर पासवान र कटहरी ६ बस्ने अन्दाजी ३० वर्षीया पींकी कामत मध्यम घाइते भएका छन् । उनीहरु दुवै जनाको खुट्टाको भाग जलेको छ । 

यसैबीच घाइतेहरुलाई थप उपचारका लागि कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाइएको छ । कवाडीमा कार्यरत कामदारहरुले कवाडीखानाभित्र केहि दिनयता विद्यूत सर्ट भइरहेको र मर्मतका लागि आग्रह गर्दा संचालकहरुले अटेर गरेको बताएका छन् । 

उनीहरुले दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक पड्किएको आवाज आएको र आगो फैलिएको बताए । आफूहरुले भागेर ज्यान जोगाएको कवाडीखानाकी एक महिला कामदारको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार