मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

महेन्द्र सदा 24+ समाचार ( )
१८ आषाढ २०८३, बिहीबार

पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ।

नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रामलखन मल्लाहको अध्यक्षता तथा पूर्व संविधानसभा सदस्य ताराकान्त चौधरीको प्रमुख आतिथ्यतामा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा स्वास्थ्य संयोजक शिवशंकर ठाकुरले नगरपालिकाका १० वटै वडामा रहेका ० देखि ५९ महिनासम्मका सबै बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको जानकारी दिए। स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता, मेहनत र समन्वयका कारण पूर्ण खोप सुनिश्चितता अभियान सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह तथा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादवले खोपले बालबालिकालाई विभिन्न सरुवा तथा घातक रोगबाट जोगाउने भएकाले यसको प्रभावकारिता र महत्वबारे प्रकाश पारे। उनीहरूले खोप कार्यक्रमलाई दिगो बनाउन अभिभावक, स्थानीय तह तथा स्वास्थ्यकर्मीबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमका क्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको कार्यक्रम सञ्चालक महेश पण्डितले जानकारी दिए।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार