मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

उपचारका क्रममा लेटाङकी एक युवतीको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

Kanchan24 1+ समाचार ( )
२६ भाद्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङकी एक युवतीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ की  ३० वर्षीया विनिता तामाङको विराट नर्सिङ होममा उपचारका क्रममा आज मंगलबार विहान मृत्यु भएको हो ।

लेटाङ ४ मा रहेको बंगालीको क्लिनिक भनेर चिनिने जनप्रिय मेडिकलमा उपचार गराइरहेकी तामाङलाई क्लिनिकले हिजो सोमबार साँझ सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर पठाएको थियो । यसअघि बिरामी परेपछि तामाङलाई उपचारका लागि परिवारका सदस्यले भदौ २२ गते शुक्रबार जनप्रिय मेडिकलमा लगेका थिए । 

सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्याएका थिए । त्यसपछि मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरेपछि तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 मृतक तामाङका परिवारजनले मेडिकलमा डेंगू लागेको भनेर उपचार गराइरहेकोमा विराटनगरको अस्पतालले भने निमोनियाका कारण मृत्यु भएको बताएको जानकारी दिएका छन् । आफन्त र परिवारका सदस्यले मेडिकलले उपचारमा लापरवाही गरेका कारण मृत्यु भएको भन्दै शव मेडिकल अगाडि राखेर मंगलबार दिउँसो प्रदर्शन र नाराबाजी गरे । उनीहरुले मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

मेडिकल अगाडी भेला भएका आफन्त र परिवारका सदस्यले समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै मेडिकल विरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरे । अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अहिले अवस्था सामान्य भइ सकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।  

यसअघि लेटाङकै दीर्घायू मेडिकलमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । मेडिकलमा उपचार गराइरहेका लेटाङ ७ का एक बालकको रेफर गरेर विराटनगर पुर्याएको भोलिपल्ट मृत्यु भएपछि स्थानीय र आफन्तले मेडिकल अघि प्रदर्शन गरेका थिए । मेडिकलहरुले निकै ढिलो गरि रेफर गरिदिंदा ठूला अस्पतालमा पुर्याएपनि विरामीले ज्यान गुमाउनु परिरहेको छ । यसतर्फ स्थानीय सरकारले आवश्यक नियमन गर्न आवश्यक देखिन्छ । 

प्रतिक्रिया

R. k.magar २६ भाद्र २०८०, मङ्गलबार

नगरपालिका ले अब तुरुन्त सम्पूर्ण ब्यसायिक क्लिनिक को डा. m.b.b.s मात्रले हुँदैन उस्को लाइसेन्स छ कि छैन भनेर अनुगमन गरि कार्बायि गर्नु पर्छ।अनि आफ्नै स्वामित्व मा रहेको phc मा लाइसेन्स प्राप्त डा. राखेर लेटाङे जनताको स्वास्थ को ग्यारेन्टी गर्नु पर्छ नत्र एक दिन नगर पालिका नै जनताको निसाना मा पर्न सक्छ।जय लेटाङ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार