मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

हर्क साम्पाङले वडाध्यक्षहरूसँग माफी मागे

Kanchan24 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक सुरू भएको छ ।

उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई निर्देशनसहित पठाएको पत्र पनि फिर्ता गरेको बताएका छन् । स्वकीय सचिवले पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा प्रश्न गर्ने धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरणसमेत साम्पाङले फिर्ता लिएका छन् ।

प्रदेश र संघीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । बैठक अहिले चलिरहेको छ ।

स्वकीय सचिव लिम्बूले भौतिक निर्माणको प्रगतिसहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरबीच विवाद सुरू भएको थियो । वडाध्यक्षहरूले कालोपट्टी बाँधेर मेयरको कार्यशैलीको विरोध गरेका थिए । विवाद बढ्दै जाँदा मेयर र वडाध्यक्षका बीचमा धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि साम्पाङ सर्मथकहरूले हातपात गर्दै कालोमोसो दल्न खोजेर दुर्व्यवहार गरेका थिए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले कार्यशैली सच्याउन ध्यानाकर्षणसमेत गराएका थिए । एकसाता अघि उपमेयर आइन्द्रविक्रम बेघाले वडाध्यक्षको जायज माग पूरा गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार