मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ

Kanchan24 314+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

राजविराज । प्रहरीका अनुसार २०८२ साल चैत १६ गते दिउँसो करिब ४ बजे, छुट्की प्रहरी चौकीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रमा नियमित चेकजाँच गरिरहेको बेला भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमाथि शंका लागेपछि रोकेर खानतलासी गर्दा लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका प्रतिबन्धित औषधि फेला परेको हो।

प्रहरीले पक्राउ परेका व्यक्ति विष्णुपुर गाउँपालिका–७ निवासी करिब २४ वर्षीय सञ्जय कुमार साह रहेको जनाएको छ।

उनले चलाइरहेको प्र.२–०१–००१ प ६००६ नम्बरको मोटरसाइकलभित्र विशेष ढंगले लुकाएर राखिएको अवस्थामा औषधि बरामद गरिएको प्रहरीको भनाइ छ।

बरामद औषधिमा Nitrobet 990, 60 र A, Respitik, Bepix Forte लगायतका प्रतिबन्धित सामग्री रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस्तै, घटनास्थलबाट १ थान iPhone मोबाइल र १ थान BenQ मोबाइल समेत बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभागको कार्यालय, विराटनगर पठाइएको जनाएको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय लुकिछिपी औषधि, नशाजन्य वस्तु तथा अन्य अवैध सामग्री भित्र्याउने प्रयास बढ्न थालेपछि निगरानी थप कडा पारिएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यस्ता गतिविधिविरुद्ध “कुनै सम्झौता नहुने” संकेत दिएको छ।

सप्तरीको सीमा नाका हुँदै हुने अवैध कारोबारमाथि प्रहरीले समय–समयमा कारबाही गर्दै आए पनि, कमलपुरमा भएको यो बरामदले सीमाबाट हुने ‘साना खेप, ठूलो जोखिम’को श्रृंखला अझै रोकिएको छैन भन्ने स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार