मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो

Kanchan24 336+ समाचार ( )
२५ आषाढ २०८३, बिहीबार

कञ्चनरूप । सोमबार राति महुली मोहनपुरका अधिकांश घरमा निद्रा थिएन। राति करिब १० बजेतिर गाउँको छेउबाट जंगली हात्तीको ठूलो बथान बस्तीमा पस्यो। सुरुमा केहीले सामान्य घटना ठाने, तर केही क्षणमै हात्तीहरू खेततिर लागेपछि गाउँभर त्रास फैलियो।

पाक्न लागेको मकैबाली र रोपाइँका लागि तयार पारिएको धानको ब्याड हात्तीले एकपछि अर्को गर्दै नष्ट गर्न थाले। गाउँलेहरू टिन ठटाउँदै, टर्च बाल्दै र विभिन्न उपाय अपनाएर हात्ती धपाउने प्रयासमा लागे। तर हात्तीको ठूलो बथानका अगाडि उनीहरूको प्रयास सफल हुन सकेन। बिहान करिब ३ बजेसम्म गाउँमै रहेका हात्तीले किसानको वर्षभरिको मेहनत केही घण्टामै तहसनहस बनाइदियो।

मंगलबार बिहान उज्यालोसँगै खेतमा पुगेका किसानको अनुहारमा निराशा मात्र देखिन्थ्यो। हराभरा मकैका बोटहरू ढलेका थिए, धानको ब्याड माटोसँग मिसिएको थियो। धेरैका लागि त्यो दृश्य केवल बालीको क्षति थिएन, परिवारको जीविकोपार्जनमाथिको गम्भीर चोट थियो।

स्थानीय किसान दिपेन्द्र आचार्य भन्छन्, ूवर्षभरको मेहनत एकै रातमा सकियो। अब परिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको छ।ू अर्का किसान प्रदीप आचार्यका अनुसार जंगली जनावरको समस्या वर्षौंदेखि दोहोरिए पनि समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन।

पीडित कृषक दुर्गा भट्टराईले महुली मोहनपुरका बासिन्दा अब बस्ती छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्दै सरकारले तत्काल राहत, उचित क्षतिपूर्ति र दीर्घकालीन सुरक्षा व्यवस्था गर्नुपर्ने बताए।

स्थानीयका अनुसार महुली मोहनपुर र आसपासका क्षेत्रमा विगत ३५ वर्षदेखि जंगली हात्तीको समस्या दोहोरिँदै आएको छ। हरेक वर्ष सयौँ बिघा खेतीयोग्य जमिनमा लगाइएको अन्नबाली नष्ट हुने गरे पनि समस्या समाधानका लागि प्रभावकारी कार्यक्रम सञ्चालन हुन नसकेको उनीहरूको गुनासो छ।

यतिबेला गृहमन्त्री झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्ती नियन्त्रणको स्थलगत निरीक्षणमा रहेका बेला महुली मोहनपुरका स्थानीयले सप्तरीमा पनि त्यस्तै उच्चस्तरीय अनुगमन र स्थायी समाधानको पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

यसैबीच, संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसद खगेन्द्र कर्णले शून्य समयमा उक्त घटनाको विषय उठाउँदै प्रभावित किसानलाई तत्काल राहत, क्षतिपूर्ति तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

महुली मोहनपुरका किसानहरूका लागि यो केवल एक रातको घटना होइन। यो वर्षौँदेखि दोहोरिँदै आएको पीडा हो, जसको स्थायी समाधानको उनीहरू अझै प्रतीक्षामा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार