मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कञ्चनरूप पडेमाराका अग्निीपीडितलाई गृहमन्त्री लेखीले गरे आर्थिक सहयोग

Kanchan24 336+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

राजविराज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरूप नगरपालिका पडेमाराका अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
आगलागीबाट सर्वस्व गुमाएका १६ अग्निपीडित परिवारलाई प्रतिपरिवार १० हजारको दरले शुक्रबार पडेमारा टोलमै पुगेर मन्त्री लेखीले आर्थिक सहयोग गरेका हुन्  ।
आर्थिक सहयोग गर्ने कार्यक्रमका एमाले नेता सुमनराज प्याकुरेल, प्रदेश सदस्य एवम् कञ्चनरूप नगरपालिकाका पूर्व मेयर वसन्त मिश्र लगायतका स्थानीय जनप्रतिनिधिहरू विभिन्न पार्टीका नेताकार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो ।
आइतबार दिउँसो भएको आगलागीमा १६ परिवारको २४ घर जलेर खरानी भएको थियो भने  आगलागीमा लालमोहन सरदारको ४ वटा  ,बिजुली सरदारको ओटा , आशा सरदार , लालबहादुर सरदार , सुधीर सरदार , बिर बहादुर सरदार , श्यामबहादुर  सरदार , रामबहादुर सरदार , बुटु सरदार को दुई वटा र त्रिभुवन सरदार , करण चौधरी , समुन्द्री सरदारको एक एक वटा  गरि २४ वटा घर  जलेका थिए । 
आगलागीमा २४ वटा घर, गोठ टहरा, अन्नपात, लत्ताकपडा, फर्निचर, ग्यास चुल्हो, सिलिन्डर, बाख्रा, बाख्रा पाठो, विद्युतीय सामाग्री सहित दैनिक उपभोग्य बस्तुहरू जल्दा २५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अग्निपीडितहरू त्रिपाल मुनि र आफन्तको घरमा शरण लिएर बस्दै आएको स्थानीयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार