मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

Kanchan24 1+ समाचार ( )
२० अशोज २०८०, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै हुनुहुन्छ । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री भएको ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने हुन्छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था भने अहिलेसम्म देखिएको छैन । एमालेसँग उपसभामुख सहित प्रदेश सभामा ४० सदस्य छन् । सभामुख पद रिक्त रहेको रहेकाले उपसभामुखलले सभा चलाउदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् ।

एमालेलाई साथ दिंदै आएको राप्रपाले विश्वासको मत पाउने आधार नभए यस पटक विश्वासको मत नदिने जनाएको छ । कोशी प्रदेशमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपाले कार्कीलाई विश्वासको मत नदिने बताउँदै आएका छन् ।

कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १३ समाजवादीका ४ र जसपाका १ सदस्य रहेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेस सभा बोलाईएको छ ।

कार्कीले विश्वासको मत पाउने आधार तयार गरे राप्रपाले विश्वासको मत दिने भएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८ ९३० अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताउनुभयो भएको छ ।

उहाँले संविधानको धारा १६८ ९५० अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार