मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

भ्रष्टाचार र कमिसनको जालो तोड्न लागिपरेको छु:गृहमन्त्री श्रेष्ठ

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न आफू लागि परेको बताएका छन् ।

बिहीबार बिहान प्रवास संयोजन समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीहरूसँगको भेटमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली डायस्पोरा कम्युनिटीको पनि साथ चाहिने बताएका हुन् । उनले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको बताए ।

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने र निदोर्षलाई नछुने उनले बताए । 'प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन,' उनले भने, 'अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।'

समन्वय केन्द्रले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेहरूमाथि कडा कारबाही गर्नु जरुरी रहेकोमा ध्यानाकर्षण गराएको थियो । समन्वय केन्द्रको ध्यानाकर्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताए । साथै दोषी देखिएकाहरूलाई कुनै पनि हालतमा नछाड्ने उनले बताए । 

भेटमा प्रवास समन्वय केन्द्रले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बेचबिखनलगायत प्रवासी नेपालको समस्या समाधानका लागि सरकारको नीति कार्यक्रममार्फत 'अधिकारसम्पन्न आयोग' गठन गर्नुपर्ने माग गरेको थियो । प्रवास समन्वय केन्द्रका अध्यक्ष ओम शर्माको नेतृत्वमा गएको टोलीमा सहइन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा. कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार