मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

जनकपुरधाममा पत्रकारमाथि आक्रमण, समाजवादी प्रेस संगठनको भर्त्सना

Kanchan24 336+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा साउन २६ गते नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारी, सदस्य तथा अन्य सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति समाजवादी प्रेस संगठन मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र सहनी ‘क्रान्ति’, पत्रकार दिवाकर राय, अनिलकुमार गिरी लगायतका सहकर्मी पत्रकारहरू आक्रमणमा परी घाइते भएका छन्। घाइतेमध्ये महासचिव ‘क्रान्ति’को खुट्टा मोडिएको छ भने अन्य पत्रकारलाई टाउकोमा समेत चोट लागेको छ। 

समाजवादी प्रेस संगठनले पत्रकारमाथि हुने यस्ता हिंसात्मक आक्रमण प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र मान्यतामाथि खुला चुनौती भएको भन्दै कडा निन्दा गरेको छ। संगठनले पत्रकारलाई तर्साउने, डर फैलाउने वा शारीरिक आक्रमण गर्ने प्रयास सह्य नहुने चेतावनी दिएको छ।

संगठनले घटनाको निष्पक्ष र छिटो छानबिन गर्न,दोषीलाई कानुनी दायरामा ल्याउन,पत्रकारको सुरक्षा सुनिश्चित गर्न ठोस योजना र कार्यान्वयन गर्न माग गरेको छ संगठनका सचिव प्रमोद चालिसेले विज्ञप्तिमार्फत भनेका छन्, “पत्रकारमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण हो, यसका विरुद्ध आवश्यकता परे सामूहिक आन्दोलन गर्न हामी पछि पर्दैनौं।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार