मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

दलित गाउँमा नाकाबन्दी
सिरहा गौरराहाको नाकाबन्दीमा संलग्नलाई कार्यवाही गर्न गृह मन्त्रालयलाई ज्ञापन

Kanchan24 336+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

राजविराज सिरहा जिल्लाको नरहागाउँपालिका–१, गौरराहामा बसोबास गर्ने दलित मुसहर समुदायका ४५ परिवारमाथि भएको नाकाबन्दी र संविधानले प्रदत्त अधिकारहरूको हननको विरुद्धमा सप्तरीका दलित नागरिक समाजले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
दलित सरोकार मञ्च नेपाल, सप्तरी र विभिन्न दलित नागरिक समाजका संस्थाहरूले एकजुट हुँदै नाकाबन्दी लगाउनेलाई कार्यवाही गर्न शुक्रबार ज्ञापन पत्र बुझाएका हुन् ।
सिराहा जिल्लाको गौरराहा गाउँमा महेश यादव नामक व्यक्तिले आफ्नो खेतको धानगोडमेल नगरेको निहुँमा मुसहर समुदायले वर्षौँदेखि प्रयोग गर्दै आएको मुख्य आवागमन मार्ग काडाले छेकेर बन्द गरेका छन् । यस घटनाले मुसहर समुदायको दैनन्दिन जीवनलाई ठुलो कठिनाइमा पारेको छ। यादवले यो बाटो आफ्नो निजी सम्पत्ति भएको र यसमार्फत मुसहर समुदायले आवतजावत गर्न नपाउने धम्की दिएका छन्। यसका साथै, उनले सम्पूर्ण बस्तीलाई नै विस्थापित गर्ने धम्की दिइरहेका छन्।

ज्ञापनपत्रमा दलित समुदायले संविधानमा प्रदत्त मौलिक अधिकारहरूको ठाडो उल्लङ्घन भएको र यसले उनीहरूको मानवीय गरिमा र आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको बताएका छन्। संविधानको धारा १७(२) अनुसार कुनै पनि नागरिकलाई नेपालभित्र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकारको उल्लङ्घन हुनु, र संविधानको धारा २४(५) अनुसार दलित समुदायमाथि गरिएको भेदभाव र शोषण दण्डनीय अपराधको रूपमा परिभाषित भएकोले, महेश यादवविरुद्ध तुरुन्त कानूनी कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ कि प्रहरी र स्थानीय निकायले यो घटनामा प्रभावकारी रूपमा कारबाही नगरेको, पीडितको उजुरी दर्ता नगरी बेवास्ता गरिएको, र यसले न्याय सम्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

ज्ञापनपत्रमा मुसहर समुदायको आवागमनको मार्ग तत्काल खुलाउन आवश्यक कदम चाल्न,महेश यादवविरुद्ध कानूनी कारबाही गर्न,उजुरीलाई बेवास्ता गर्ने प्रहरी अधिकारीहरूको भूमिकामा छानबिन गर्न,दलित समुदायको आवतजावत सुनिश्चित गर्न वैकल्पिक मार्गको दीर्घकालीन व्यवस्था गर्न माग गरिएको छ । 
ज्ञापनपत्र बुझाउने संघहरूले यो घटना अन्य दलित समुदायहरूमाथि भइरहेको अन्याय र विभेदको गम्भीर उदाहरण भएको बताएका छन् र सरकारसँग तुरुन्त न्यायिक कारबाहीको माग गरेका छन्।

ज्ञापनपत्र बुझाउनेमा राजकुमार पासवान, दलित सरोकार मञ्च नेपाल, रामनाथ राम, पीडित उत्थान क्लब, विष्णुपुर गाउँपालिका वडा नं. ७, पारस कुमार रजक, चौतर्फी विकास केन्द्र, छिन्नमस्ता गाउँपालिका वडा नं. ७ र मनोज राउत, नेपाल राउत मेहतर उत्थान समाज, राजविराज, वडा नं. ७, सप्तरी रहेका छन् । 
सप्तरीका दलित संघहरूले यो ज्ञापनपत्रमार्फत सरकारलाई मुसहर समुदायको अधिकार हननको गम्भीरता बुझाउन प्रयास गरेका छन् र न्यायिक हस्तक्षेपको अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार