मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |
मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |


ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी

Anil Pokharel 38+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

राजविराज ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले ओली नेतृत्वको सरकार ढाटको सरकार भएको टिप्पणी गर्दै सात बुँदे सहमतिको आधारमा सरकार गठन भएको आफैँले गरेको सम्झौतालाई हालसम्म सार्वजनिक गर्न नसक्नु पनि सरकार कति कम्जोर र असफल छ भने अनुमान गर्न सकिने बताउनु भएको छ । 

पार्टिगत कार्यक्रममा सप्तरी आइ पुग्नु भएका पूर्व प्रधानमन्त्री खनालले राजविराजमा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो टिप्पणी गर्नु भएको हो । 

उहाँले भन्नुभो ‘के का लागि संविधान संशोधन ? के उद्देश्य पूर्तिका लागि संशोधन ? के कृषि क्रान्ति, भूमि सुधार, गरिबी उन्मूलन, औद्योगिकरण, बेरोजगारी अन्त्यका लागि संशोधन हो ?’

खनालले दुई दलीय अक्रमणीयता कारण मुलुक अस्थिरताको घनचक्करमा फँसेका आरोप लगाउन भयो । ‘आआफूलाई दुइ तिहाईको सरकार भनी गर्व गर्ने एमाले–काँग्रेस नेतृत्वको सरकारले देशलाई अधोगतितर्फ झकेल्दै छन्, नेता खनालले, दुई ठूला पार्टी नेतृत्वको सरकारले फुटेको कौडीको काम गर्न सकेको छैन, दुइदलीय दम्भले  देश गम्भीर सङ्कटको घडीमा छ ।’

‘अहिल्यै नै संविधान संशोधन गर्न आवश्यक छैन, वर्तमान संविधानमै लागू गर्न सकिएको छैन, पूर्वप्रधानमन्त्री खनालले भन्नुभो अहिलेको संविधानको सफल कार्यान्वयनका लागि ३ दर्जनबढी ऐन कानून बनाउनुपर्छ, ऐन कानून बनाएर संविधानलाई कार्यान्वयन गर्ने दिशामा सरकारको बढी ध्यान केन्द्रित हुनु जरुरी रहेको बताउनु भयो ।’

उहाँले वर्तमान सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याएर देशलाई अग्रगामी दिशामा लान नसक्ने दावी गरे ।  संसद्लाई चुनौती दिदैँ गलत बाटोबाट ल्याएको विभिन्न अध्यादेश टेबुल गर्नु नसक्नु सरकारको असफलता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले प्रतिनिधिसभाबाट अध्यादेश पास भएपनि राष्ट्रियसभाबाट पास हुन नसक्ने दावी गर्नु भयो ।  

अध्यादेश गलत ढङ्गले ल्याएको हुँदा पास हुने अवस्था न्यून रहेकोले यसले सरकारको कार्यशैलीमा प्रश्न  उठाएकाले दुई ठूला दल नेतृत्वको सरकारलाई नैतिक सङ्कटमा पारेको उहाँको भनाई हेको छ । 

यहाँले वर्तमान सरकारकै कारण देशमा चरम भ्रष्टाचार र कुशासन मौलाएको तथा मुलुक गम्भीर सङ्कटमा फसेको जिकिर गर्नुभयो । 

एमाले तिर इङ्गित गर्दै उहाँले काँग्रेसका पुछार बनेर सिद्धान्त विमुख केही कम्युनिस्ट पार्टीका कारण बाम गठबन्धनको अवस्था टाढिएको बताउनु भयो  । 

केपी ओलीको सर्वसत्तावादी र स्वेच्छाचारी नीतिका कारण शक्तिशाली बाम गठबन्धन विखण्डन भएको स्मरण गर्दै उनले अहिले नै बाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको स्पष्ट रहेको बताउनु भयो । 

यसै गरी आजै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादी सप्तरीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाललाई अब समाजवादी क्रान्तितर्फ लैजानु पर्नेहरू र ‘दलहरू पुँजीवादी रहे सम्म नयाँ पार्टीहरु जन्मी रहने छ।त्यस कारण हामी सबैले पूर्ण समाजवाद ल्यायो भने दल गत पार्टी बन्ने ब्यबस्था अन्त भएर जाने छ ।’ उहाँले भन्नुभो ’हामीले छिटो भन्दा छिटो क्रान्तिलाई अगाडी बढाएर परिवर्तनबाट दलाल पुंजिवादीलाई अन्त्य गर्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इण्डस पदमनगर’ औद्योगिकग्रामको शिलान्यास गर्नु भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १५ बिघा क्षेत्रफलमा ६ वटा उद्योगको निर्माण हुने छ । 

उक्त ‘बिग इण्डसआँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने व्यवसायी न्यौपानेले बताउनु भएको छ  । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उहाँका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने ‘त्यसले ५०० जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ’, सञ्चालक न्यौपानेले जनाउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार