मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

साना किसान कृषि सहकारी संस्था जाँतेद्वारा कृषकहरु सम्मानित

Kanchan24 1+ समाचार ( )
२७ अशोज २०८०, शनिबार

लेटाङ । साना किसान कृषि सहकारी संस्था जाँतेले दशौं वार्षीक साधारणसभाको अवसरमा कृषकहरुलाई सम्मान गरेको छ । संस्थाले सहकारीमा आवद्ध ७० वर्ष कटेका ७ जना जेष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओडाएर सम्मान गरेको छ । 

साधारणसभाको अवसरमा जेष्ठ सदस्यहरु प्रेमलाल विक, वुद्धमाया विक, जीत बहादुर राई, टीकाराम निरौला, भवानी शंकर पौडेल, धनबहादुर राई, गणेश बहादुर कार्की र टीकाराम निरौलालाई सम्मान गरिएको हो ।

यस्तै विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । जसमा वाख्रा पालनतर्फ कृष्ण राई, आस्विर राई, गौमति राई र डीकमाया राईलाई सम्मान गरिएको छ । यसैगरि उत्कृष्ट पशु विमा कृषक दीपक पौडेल, उत्कृष्ट तरकारी खेति गर्ने कृषक अम्विका प्रसाद पौडेल, केराखेति गर्ने उत्कृष्ट कृषक मनकुमारी श्रेष्ठ र  मौरिपालनतर्फ कुमारी पोखरेल आचार्य सम्मानित हुनु भएको हो । सम्मानित कृषकहरुलाई आरी, फरुवा, विउविजन, बाल्टी लगायतका औजार सामाग्री प्रदान गरिएको छ । 

साधारणसभामा संस्थाकी अध्यक्ष तारा गुरागाईं निरौलाले संस्थाको वार्षिक गतिविधि तथा आयव्यय विवरण बारे जानकारी दिनभुयो । उहाँले गत आर्थिक वर्षमा संस्थाको १ करोड १३ लाख ७५ हजार  आम्दानी रहेको तथा १ करोड ४ लाख २४ हजार खर्च गरि खुद नाफा ९ लाख ५१ हजार रहेको जानकारी दिनुभयो । उहाँले सहकारीले नगरपालिका तथा कृषि ज्ञान केन्द्र मोरङसँग समन्वय गरि तेलहन बाली कार्यक्रम सञ्चालन गरेको पनि जानकारी दिनुभयो । यस्तै संस्थाका उपाध्यक्ष नरबहादुर राईले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, नेपाल केन्द्रीय सहकारी संघ सञ्चालक समिति सदस्य खगेन्द्रराज भण्डारी, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष शोभितमान पौडेल, मिक्लजुङ ५ का वडाध्यक्ष मेघनाथ तामाङ, लेटाङ ९ का वडासदस्य कमला राई र लेटाङ ८ का वडा सदस्या शान्ता राई लगायतको आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार