मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

सिरहामा मनी ट्रान्सफर सञ्चालक लुटिए

Kanchan24 336+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

सिरहा  सिरहाको मिर्चैया नगरपालिका–३ राधोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।

कल्याणपुर बजारमा राजाराम मनी ट्रान्सफर सञ्चालन गर्दै आएका साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए। उक्त  रकम लिएर मोटरसाइकलमा जाँदै गरेका साहलाई राधोपुर नजिक दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी दिपेन्द्र साहले बताए। सो समूहले रकम लुटेपछि साह चढेको मोटरसाइकलबाट तेलको पाइप समेत चुँडालिदिएको थियो।

डीएसपी साहका अनुसार लुटेरा समूह धनुषातिर भागेको बुझिएको छ। घटनास्थल मिर्चैया बजारबाट तीन किलोमिटर दक्षिण मिर्चैया –कल्याणपुर– सिरहा सडकमा पर्छ। लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ। दिउँसै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यापारिकरण त्रसित बनेका छन्। करिब दुई महिना अघि यसै ठाउँबाट अर्का मनी ट्रान्सफर सञ्चालकको ११ लाख रकम लुटिएको थियो। यो घटनामा संलग्नताबारे अझै प्रहरी सुराक विहीन छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार